नियम १०
सञ्चालक समितिको बैठक र निर्णय

१०(१) सञ्चालक समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) सञ्चालक समितिको बैठक आवश्यकतानुसार बस्नेछ ।
तर दुईवटा बैठक बीचको अन्तर दुई महिनाभन्दा बढी हुने छैन ।
(३) सञ्चालक समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरूले आफूमध्येबाट छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ ।
(४) सञ्चालक समितिको कुल सदस्य सङ्ख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपुरक सङ्ख्या पुगेको मानिनेछ ।
(५) सञ्चालक समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत समेत दिन सक्नेछ ।

 

(६) सञ्चालक समितिको निर्णय अध्यक्ष र सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।
(७) सञ्चालक समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सञ्चालक समिति आफैले निर्धारण गरेबमोजिम हुनेछ ।